मेस्सी इन्टर मिलानविरुद्ध खेल्ने टोलीबाहिर

एजेन्सी, मंसिर २३
युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले नखेल्ने भएका छन् । मंगलबार राति हुने सो खेलका लागि सार्वजनिक सुरुआती टोलीमा कप्तान मेस्सीलाई राखिएको छैन ।

प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले व्यस्त खेल तालिकाबीच मेस्सीलाई आराम दिन यस खेलको टोलीमा नराखेका हुन् । बार्सिलोना यसअघि नै जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई हराएर समूह विजेता बनेर अन्तिम १६ मा पुगिसकेको छ । तसर्थ, इन्टर मिलानविरुद्धको खेल हारे पनि बार्सिलोनालाई कुनै फरक पर्दैन ।

अन्य खेललाई ध्यानमा राखेर इटालीमा हुने सो खेलका लागि मेस्सीलाई विश्राम दिइएको हो । मेस्सी टोलीमा नपर्दा मार्क आन्द्रे टर स्टेगेन, लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान, इभान राकिटिक, अर्टुरो भिडाल, फ्रेन्की डे जोङ, अन्सु फातीलगायत खेलाडी भने टोलीमा परेका छन् ।

मिलानसँगको खेलपछि बार्सिलोनाले ला लिगामा आगामी शनिबार रियल सोसिडाडसँग अवे मैदानमा र त्यसपछि डिसेम्बर १८ मा रियल मड्रिडसँग आफ्नो घरमा खेल्ने तालिका छ ।

यस्तो छ बार्सिलोनाको प्रारम्भिक टोली :

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १९:२२
Loading...