प्रिमियर लिगमा लेस्टरको प्रभावशाली जित : लिभरपुललाई पछ्याउँदै

काठमाडौं, मंसिर २२
लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । आइतबार राति भएको लिगको १६औं खेलमा लेस्टरले एस्टोन भिल्लालाई उसकै घरेलु मैदानमा १–४ ले निराश बनायो ।

अवे मैदानमा लेस्टरलाई जिताउन जिमी भर्डीले २ गोल गरे । पाहुना टोली लेस्टरका लागि खेलको २०औं मिनेटमा भर्डीले पहिलो गोल गर्दा ४१औं मिनेटमा केलेचीले दोस्रो गोल गरेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा एस्टोनका लागि ज्याक ग्रेलिसले गोल गरेपछि पहिलो हाफमा १–२ मा छोट्टियो ।

त्यसपछि दोस्रो हाफमा लेस्टरले २ गोल थप्यो । खेलको ४९औं मिनेटमा जोनी इभान्सले गोल गरर टिमको अग्रता बढाउँदा ७५औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरे । जारी सिजन भर्डीले लिगमा मात्रै १६ गोल गरिसकेका छन् ।

भर्डीको गोलपछि खेलमा थप गोल हुन सकेन । र, खेल लेस्टरले १–४ ले जित्यो । अब यो जितसँगै लेस्टरले १६ खेलबाट ३८ अंक बनाएको छ । उसले लिग लिडर लिभरपुलसँगको अंक दूरी ८ मा छोट्याएको छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई ६ अंकले पछि छाडेको छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार २१:४१
Loading...