साग फुटबल : पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई अग्रता

काठमाडौं, मंसिर २२
नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाइनल प्रवेशका लागि अहिले आयोजक नेपाल र पाहुना टोली बंगलादेशको खेल जारी छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ ।

फाइनल पुग्न निर्णायक खेलमा नेपालका लागि खेलको ११औं मिनेटमा सुनील बलले गोल गरेका हुन् । उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका हुन् । पहिलो गोलपछि पनि नेपालले बंगलादेशमाथि दबाब बनाएर खेल्नेक्रममा पटक–पटक गोलका अवसर बनायो । तर, सदुपयोग गर्न सकेन । नेपालका लागि यो महत्त्वपूर्ण खेल हो । फाइनल जान नेपाललाई यस खेलमा बराबरी वा जितको नतिजा आवश्यक पर्छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार १७:५०
Loading...