राउन्ड १६ मा पिएसजीलाई बलियो प्रतिस्पर्धी पर्न सक्ने : यी हुन् सम्भावित टिम

एजेन्सी, मंसिर १२
फ्रेन्च क्लब पिएसजी समूह चरणको अन्तिम खेल बाँकी छँदै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजी समूह ‘ए’को विजेता बन्दा सो समूहबाट स्पेनिस रियल मड्रिड उपविजेता बनेर पिएसजीसँगै अन्तिम १६ पुगिसकेको छ । अन्तिम १६ मा पुग्ने धेरैजसो टोलीहरूको टुंगो लागेसँगै अब नकआउट चरणमा कुन टोलीको भिडन्त कोसँग होला भन्ने चासो बढ्न थालेको छ । सम्भावित ड्रलाई हेर्ने हो भने पिएसजीले अन्तिम १६ मा बलिया प्रतिस्पर्धी पाउने सम्भावना प्रबल छ ।

पिएसजी समूह ‘ए’ को विजेता भएर अन्तिम १६ मा पुगेकाले सो राउन्डमा उसले कुनै अर्को समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । प्रतियोगिताको नियमअनुसार उसले नकआउट चरणमा आफ्नै समूहको टिमसँग खेल्नु पर्दैन भने एकै देशको अर्को क्लबसँग पनि खेल्नु पर्दैन । तसर्थ, पिएसजीले अन्तिम १६ मा आफ्नो समूहबाहेक अन्य कुनै पनि समूहका उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । यसो हुँदा अन्तिम १६ मा पिएसजीका सम्भावित बलियो टिम इंग्लिस क्लब टोटनह्याम हो । त्यस्तै, समूह ‘र्ई’बाट यदि लिभरपुल उपविजेता बनेर गयो भने पिएसजीको भेट ऊसँग हुने सम्भावना पनि उत्तिकै छ ।

अन्तिम १६ मा पिएसजीले पाउन सक्ने सम्भावित प्रतिस्पर्धी :

समूह बी – टोटनह्याम

समूह सी – शाख्तर डोनेस्टक, डाइनामो जाग्रेब र एट्लान्टामध्ये एक

समूह डी – एथ्लेटिको मड्रिड र बाययरमध्ये एक

समूह ई– लिभरपुल, नापोली र रेड बुलमध्ये एक

समूह एफ – इन्टर मिलान र बोरुसिया डर्टमुन्डमध्ये एक

समूह जी – आरबी लेइपजिग र जेनिटमध्ये एक

समूह एच – आयाक्स, चेल्सी र भ्यालेन्सियामध्ये एक

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार २१:४६
Loading...