मेस्सीको प्रदर्शनबाट डर्टमुन्डका प्रशिक्षक नतमस्तक : यसरी गरे प्रशंसा

एजेन्सी, मंसिर १२
युरोपिनय च्याम्पियन्स लिग फुटबलमा स्पेनिस बार्सिलोनासँग ३–१ ले हारेपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डका प्रशिक्षक लुसियन फाभ्रेले बार्सिलोनाका कप्तान लिओनल मेस्सीबारे खुलेर तारिफ गरेका छन् । गत राति बार्सिलोनाको घरमा भएको खेलमा डर्टमुन्ड पराजित हुँदा मेस्सीले १ गोल गरेर २ गोलमा असिस्ट गरेका थिए ।

खेलपछि पत्रकार सम्मेलनमा सहभागी हुँदै फाभ्रेले यदि मेस्सी फिट छन् र लयमा छन् भने उनलाई रोक्न असम्भव हुने बताए । ‘उनी फल्स नाइन (जुन पोजिसनबाट खेल्न सक्ने) खेलाडी हुन् । उनी मैदानका हरेक भागमा हरेक पोजिसनमा आफूलाई निकै राम्रोसँग परिचालन गर्न सक्छन् । जब उनी बल पाउँछन्, उनलाई रोक्न करिब–करिब असम्भव हुन्छ,’ फाभ्रेले भने ।

फाभ्रेले मेस्सीमाथि फउल गरे पनि वा नगरे पनि उनले बललाई सही ठाउँमा लगरे मात्रै छाड्ने बताए । ‘तपाईं उनीमाथि फउल गर्नुहोस् वा नगर्नुहोस्, आफूसँग बल छ भने उनले बललाई सही ठाउँमा लगेर वा दिएर मात्रै छाड्छन्,’ फाभ्रेले भने, ‘यस्ता खेलाडीलाई कसरी रोक्न सकिन्छ ?’

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार १२:०४
Loading...