लिलेमाथि आयाक्सको सहज जित, अन्तिम १६ मा जान अझै संघर्ष गर्नुपर्ने

काठमाडौं, मंसिर १२
समूह चरणको पाँचौं खेलमा सहज जित निकालेपछि डच क्लब आयाक्सले युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा जाने सम्भावना बलियो बनाएको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलेलाई उसकै घरमा ०–२ ले हरायो ।

यो जितसँगै आयाक्स समूह ‘एच’को शीर्ष स्थानमा छ । तर, अन्तिम १६ जान उसले अन्तिम खेल जित्नुपर्ने हुन्छ । अन्तिम खेल उसले भ्यालेन्सियासँग खेल्नेछ । आयाक्स गत सिजन सेमिफाइनलबाट खेलेको टिम हो ।

आयाक्सलाई अवे मैदानमा जिताउनेक्रममा खेलको दोस्रो मिनेटमै हाकिम जियाचले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ५९औं मिनेटमा क्विन्सी प्रोमेसले गोल गरेपछि खेल आयाक्सले ०–२ ले जित्यो ।

अब आयाक्स अन्तिम खेलअघि १० अंक बनाएर समूहको शीर्ष स्थानमा बसेको छ । स्पेनिस भ्यालेन्सिाय र इंग्लिस क्लब चेल्सी समान ८–८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् अन्तिम खेल बाँकी छँदासम्म आयाक्स, भ्यालेन्सिया र चेल्सी ३ वटै टिमको अन्तिम १६ पुग्ने सम्भावना छ । अन्तिम खेलमा भ्यालेन्सिया र आयाक्स खेल्दा चेल्सी र लिले भिड्नेछन् ।

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार ०४:४१
Loading...