रोनाल्डोले एथ्लेटिको मड्रिडविरुद्ध खेल्ने पक्का : यस्तो छ टोली

एजेन्सी, मंसिर १०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणअन्तर्गत दोस्रो लेगको खेलमा स्पेनिस एथ्लेटिको मड्रिडविरुद्ध खेल्ने युभेन्टसको टोली घोषणा भएको छ । प्रशिक्षक सार्रीले ढिला गरी आज मात्रै टोली घोषणा गरेका हुन् ।

यसअघि फिटनेसका कारण रोनाल्डोले एथ्लेटिकोविरुद्ध खेल्नेमा शंका थियो । तर, घोषित टोलीमा रोनाल्डो परेका छन् । र, उनले आफ्नो पुरानो प्रतिस्पर्धीविरुद्ध खेल्ने पक्का भएको छ ।

आज आफ्नो घरमा हुने खेलमा एथ्लेटिकोविरुद्ध आक्रमण लाइनमा रोनाल्डोसँगै गोन्जालो हिगुइन र पाउलो डिबाला रहने सम्भावना छ । अघिल्लो खेलमा चोटका कारण नरहेका फेडरिको बर्नान्डेची पनि टोलीका छन् । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यस्तो छ टोली :

प्रकाशित मिति १० मंसिर २०७६, मंगलवार १८:३३
Loading...