रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र सेफ युनाइटेडको ३–३ बराबरी

काठमाडौं, मंसिर ९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र सेफ युनाइटेडले ३–३ को बराबरी खेलेका छन् । गत राति सेफ युनाइटेडको घरमा भएको रोमाञ्चक खेलमा दुवै टोलीबाट गरी ६ गोल हुँदा खेल निकै रोमाञ्चक रह्यो ।

सेफको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ०–२ ले पछि परेको अवस्था उल्टाएर जितनजिक पुगेको थियो । तर, घरेलु टोलीले अन्तिम मिनेटमा गोल गरेपछि युनाइटेड जितबाट चुक्यो ।

सेफका लागि खेलको १९औं मिनेटमा जोन प्लेकले गोल गरेर पाहुना टोली युनाइटेडविरुद्ध सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२औं मिनेटमा लाइस मोउसेटले गोल गरेपछि युनाइटेड ०–२ ले पछि परेको थियो ।

२ गोलले पछि परेको युनाइटेडले त्यसपछि खेलमा शानदार कमब्याक गरेको थियो । उसका लागि खेलको ७२औं मिनेटमा ब्रान्डन विलियम्सले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

त्यसपछि ७७औं मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो । सो गोल मासोन ग्रीनडले गरेका थिए । फेरि खेलको ७९औं मिनेटमा मार्कुस रासफोर्डले सुन्दर गोल गरेपछि युनाइटेडले खेलमा २–३ को अग्रता लिएको थियो ।

तर, जितनजिक पुगेको युनाइटेड अन्तिम मिनेट सम्हालिन सकेन । खेलको ९०औं मिनेटमा ओली एमसीबुर्नाइले गोल गरेपछि युनाइटेड जितबाट चुक्यो । सो गोल भिएआरबाट सदर गरिएको थियो ।

अब यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक बनाएर नवौं स्थानमा छ । सेफ १३ खेलबाट १९ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार ०८:०९
Loading...