बेन्जेमाद्वारा ला लिगामा १० गोल पूरा : मेस्सी पछि–पछि

काठमाडौं, मंसिर ७
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले १० गोल पूरा गरेका छन् । यससँगै उनी जारी सिजन लिगमा १० गोल पूरा गर्ने पहलो खेलाडी पनि बनेका छन् ।

गत राति आफ्नो घरेलु मैदानमा पाहुना टोली रियल सोसिडाडलाई १–३ ले हराउनेक्रममा बेन्जेमाले १ गोल गरेका थिए । सो गोलसँगै उनले यो सिजन ला लिगामा गरेको कूल गोल संख्या १० पुगेको छ । उनले ४ गोलका लागि असिस्टसमेत गरेका छन् ।

बेन्जेमापछि दोस्रो स्थानमा बार्सिलोनाका लिओनल मेस्सी छन् । उनले ८ गोल गरेका छन् । मेस्सीले ५ गोलका लागि असिस्टसेमत गरेका छन् । मेस्सी लिगमा सर्वाधिक असिस्ट गर्ने खेलाडी हुन् । तेस्रो स्थानमा भिल्लारियलका जेरार्ड मोरेनो र रियल बेटिसका लोरेन मोरोनको पनि समान ८–८ गोल नै छ ।

प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार २०:४६
Loading...