ग्रानाडाले एथ्लेटिको मड्रिडलाई बराबरीमा रोक्यो

काठमाडौं, मंसिर ८
स्पेनिस ला लगा फुटबल प्रतियोगितामा उपाधि दाबेदार टिम एथ्लेटिको मड्रिड पुनः बराबरीमा रोकिएको छ । गत राति भएको लिगको १४औं खेलमा एथ्लेटिकोलाई घरेलु टोली ग्रानाडाले पाहुना टोली एथ्लेटिकोलाई १–१ को बराबरीमा रोकेको हो

ग्रानाडाको घरमा उत्रिएको एथ्लेटिकोले खेलको ६०औं मिनेटमा रेनान लोडीको गोलबाट अग्रता लिएको थियो । तर, उसको अग्रता धेरैबेर टिकेन । घरेलु टोलीले गोल खाएको ७ मिनेटमै बराबरी गोल फर्कायो ।

ग्रानाडाका लागि खेलको ६७औं मिनेटमा जर्मन सान्चेज बाराहोनाले गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए । त्यसपछि दुवै टोलीले खेलमा थप गोल गर्न सकेनन् । र, खेल बराबरीमा टुंगियो ।

अब यो बराबरीपछि एथ्लेटिको १४ खेलबाट मात्रै २५ अंक बनाएर तेस्रो स्थानमा यथावत छ । समान २८–२८ अंक भएका बार्सिलोना र रियल मड्रिड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । उनीहरूले एक खेल कम खेलेका छन् । यता, ग्रानाडा भने १४ खेलबाट २१ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार ०८:१७
Loading...