प्रिमियर लिगमा आज रोमाञ्चक खेलहरू हुँदै : सिटी र चेल्सीको भिडन्त आजै

काठमाडौं, मंसिर ७
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एकैदिन ८ खेल हुँदैछन् । आज हुने खेलमा अधिकांश ठूला टोलीका खेल हुनेछन् । जसमा आज टोटनह्याम, आर्सनल, लिभरपुलका खेल आकर्षणका खेल हुनेछन् ।

यीबाहेक आज सर्वाधिक महत्त्वपूर्ण खेलमा लिगका दुई बलिया टोली म्यानचेस्टर सिटी र चेल्सीको भिडत हुनेछ । यी दुई टिम यो सिजन पहिलो लेगमा भिड्न लागेका हुन् । खेल सिटीको घरेलु मैदानमा हुनेछ ।

हाल अंक तालिकामा १२ खेलपछि लिभरपुल ३४ अंकसहित शीर्ष स्थानमा छ भने २६ अंक भएको लेस्टर सिटी २६ अंकसहित दोस्रो स्थानमा छ । २६ नै अंक भएको चेल्सी तेस्रोमा हुँदा २५ अंक भएको म्यानचेस्टर सिटी चौथोमा छ । आज सिटीले चेल्सीलाई हराउन सके ऊ लिगको दोस्रो स्थानमा उक्लिन सक्छ । तर, त्यसका लागि लेस्टरको नतिजा हार वा बराबरी हुनुपर्छ ।

आजका खेल नेपाली समयमा :

  1. वेस्ट ह्याम भर्सेस टोटनह्याम – साँझ ६ः१५ बजे
  2. आर्सनल भर्सेस साउथह्यामपटन – राति ८ः४५ बजे
  3. ब्राइटन भर्सेस लेस्टर सिटी – राति ८ः४५ बजे
  4. वाटफोर्ड भर्सेस बर्नली – राति ८ः४५ बजे
  5. क्रिस्टल प्यालेस भर्सेस लिभरपुल – राति ८ः४५ बजे
  6. बोर्नेमाउथ भर्सेस उल्भ्स – राति ८ः४५ बजे
  7. एभर्टन भर्सेस नर्विच सिटी – राति ८ः४५ बजे
  8. म्यानचेस्टर सिटी भर्सेस चेल्सी – राति ११ः१५ बजे

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार १५:३३
Loading...