आज बार्सिलोना २०औं स्थानको लेगानेससँग भिड्दै

काठमाडौं, मंसिर ७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज लिग लिडर बार्सिलोना आफ्नो १३औं खेल खेल्दैछ । सो खेलका लागि बार्सिलोना हाल लिगको सबैभन्दा पुछार २०औं स्थानमा रहेको लेगानेसको घरेलु मैदानमा उत्रिँदैछ । लेगानेसका लागि भने यो १४औं खेल हो ।

बार्सिलोना हाल १२ खेलपछि २५ अंक बनाएर शीर्ष स्थानमा छ । समान अंक भएको रियल मड्रिड दोस्रोमा छ भने २४ अंक भएको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ । आज बार्सिलोनासँग आफ्नो घरमा भिड्न लागेको लेगानेसको खातामा १३ खेलपछि जम्मा ६ अंक मात्रै छ ।

यो सिजन लिगमा मध्यमस्तरको मात्रै प्रदर्शन गरिरहेको बार्सिलोना आज अवे मैदानमा स्पष्ट जित निकालेर शीर्ष स्थानमा मजबुत बन्ने दाउमा छ । तर, लेगानेस भने आज आफ्नो घरमा लिग लिडरसँग भिड्दा ३ अंक खोस्न प्रयास गर्नेछ ।

आजको खेलमा बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, उसामान डेम्बेले, एन्टोनी ग्रीजम्यानसहितका प्रमुख खेलाडी हुनेछन् । खेल नेपाली समयअनुसा साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार १४:१८
Loading...