रोनाल्डोलाई उछिन्दै मेस्सीले जिते ‘उत्कृष्ट फरवार्ड’को अवार्ड

एजेन्सी, मंसिर ६
चर्चित खेल संस्था ‘इएसपिएन’ ले हरेक वर्ष फुटबल विधाअन्तर्गत दिने विधागत अवार्डमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले उत्कृष्ट फरवार्डको उपाधि जितेका छन् । अघिल्लो दिन सो सैस्थाले सबै विधाबाट उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गर्दा बेस्ट फरवार्डमा मेस्सीले बाजी मारे ।

मेस्सीले आफ्ना खास प्रतिस्पर्धी इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जिते । बेस्ट फरवार्डको सूचीमा मेस्सी पहिलो स्थानमा हुँदा रोनाल्डो दोस्रो स्थानमा छन् । फ्रेन्च क्लब पिएसजीका केलियन एमाप्पे तेस्रो तथा लिभरपुलका मोहमद सलाह चौथोमा छन् ।

त्यस्तै, विंगर्सतर्फ इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ पहिलो हुँदा लिभरपुलका साडियो माने दोस्रो भए ।
मिडफिल्डरमा चेल्सीका कान्टे पहिलो स्थानमा रहँदा बार्सिलोनाका फ्रेन्की डे जोङ दोस्रोमा रहे । अट्याकिङ मिडफिल्डमा म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भा पहिलो स्थानमा रहँदा सिटीकै केभिन डे ब्रुयान दोस्रोमा रहे ।

त्यस्तै, गोलकिपरतर्फ लिभरपुलका एलिसन बेकर पहिलो स्थानमा रहँदा एथ्लेटिको मड्रिडका जोन ओब्ल्याक दोस्रोमा रहे । डिफेन्डरमा लिभरपुलका भर्जिल भान डाइक पहिलो स्थानमा रहँदा नापोलीका कालीडोउ कोउलीबाली दोस्रोमा रहे भने युभेन्टसका माथिस डि लिग्ट तेस्रोमा रहे ।

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १३:२९
Loading...