मोउरिन्होको बाचा– ‘टोटनह्यामलाई च्याम्पियन्स लिग जिताउँछु’

एजेन्सी, मंसिर ६
दुई दिनअघि मात्रै इंग्लिस क्लब टोटनह्यामको प्रमुख प्रशिक्षकमा नियुक्त भएका पोर्चुगिज म्यानेजर जोसे मोउरिन्होले आफ्नो नयाँ क्लबलाई युरोपियन च्याम्पियन्स लिगको विजेता बनाउने बाचा गरेका छन् । वेम्बली पुगेर पहिलोपटक मिडियासामु प्रस्तुत भएका उनले क्लबको योजना र ठूला उपाधिबारे बोल्नेक्रममा यस्तो बताएका हुन् ।

उनलाई पत्रकारले ‘गत सिजन टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा हार्दा कस्तो लाग्यो’ भनेर सोधेका थिए । मोउरिन्होले भने, ‘नो, मलाई यसको अनूभूत छैन । किनभने, म यस प्रतियोगिताको फाइनल पुगेर कहिल्यै हारेको छैन ।’

त्यसैगरी, मोउरिन्होलाई पत्रकारले ‘के तपार्ईको कार्यकालमा टोटनह्यामले च्याम्पियन्स लिग जित्न सक्छ’ भनेर सोधेका थिए । जसमा मोउरिन्होले आफ्नो उद्देश्य च्याम्पियन्स लिग मात्रै नभएर सबै उपाधि जिताउनु रहेको बताए । उनले च्याम्पियन्स लिग जित्ने हरेक, खेलाडी, प्रशिक्षक र क्लबको सपना हुने पनि बताए ।

‘यो प्रतियोगिता सबै जित्न चाहन्छन्, खेलाडी, प्रशिक्षक र क्लब । अवश्य पनि, यो उपाधि जित्नुको शान अर्कै हुन्छ,’ मोउरिन्होले भने, ‘मेरो टिमलाई यो प्रतियोगिताको च्याम्पियन बनाउनु मेरो बाचा हो । किनभने, म यहाँ खुसी ल्याउन आएको छु ।’

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार ०९:४७
Loading...