बालोन डि‘ओर–२०१९ घोषणा कार्यक्रमबारे सम्पूर्ण जानकारी

काठमाडौं, मंसिर ६
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओर–२०१९ को घोषणा हुन अब केही दिन मात्रै बाँकी छ । घोषणा हुने दिन नजिकिँदै गर्दा यस वर्ष सो अवार्ड कसले जित्ला भन्नेमा चासो बढेको छ ।

यसपटक इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक, स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी र इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ । त्यसमा पनि गत सिजन युरोपियन च्याम्पियन्स लिग र यस वर्ष युएएफए सुपर कप विजेताका हैसियतमा भान डाइकलाई प्रबल दाबेदार मानिएको छ ।

बालोन डि‘ओर अवार्ड ‘फ्रान्स फुटबल’ले दिने अवार्ड हो । अघिल्लो वर्षसम्म पुरुष खेलाडीलाई मात्रै दिइँदै आएकोमा गत वर्षबाट महिला खेलाडीलाई पनि दिन थालिएको छ ।

अवार्ड घोषणा हुने दिन र समय

यस वर्षको अवार्ड घोषणा सभा आगामी डिसेम्बर २ तारिखमा फ्रान्सको पेरिस सहरमा आयोजना हुँदैछ । कार्यक्रम पेरिसस्थित थिएटर डु चेटलेटमा आयोजना हुनेछ । कार्यक्रमको समय भने तोकिसकिएको छैन ।

लाइभ कसरी हेर्ने ?

यसपटक अवार्ड घोषणा फ्रान्समा भने टिभीबाट हुनेछ । तर, फ्रान्सभन्दा बाहिर भने ले मात्रै लाइभ गर्नेछ । त्यस्तै, फ्रान्स पत्रिकाको युट्युब च्यानलबाट पनि लाइभ हुनेछ ।

यसपटक घोषणा हुने अन्य अवार्डहरू

– पुरुष बालोन डि‘ओर

– महिला बालोन डि‘ओर

– याचिने अवार्ड (गोलकिपर)

– कोपा ट्रफी (२१ वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडी)

पुरुषतर्फ टप–३० मा परेका खेलाडी :

केभिन डे ब्रुयान (म्यानचेस्टर सिटी–बेल्जियम)

एन्टोनी ग्रीज्म्यान (एथ्लेटिको मड्रिड/बार्सिलोना–फ्रान्स)

कालिडोऊ कोउलीबाली (नापोली–सेनेगल)

लिओनल मेस्सी (बार्सिलोना–अर्जेन्टिना)

रियादमहारेज (म्यानचेस्टर सिटी–अल्जेरिया)

जोआओ फेलिक्स (एथ्लेटिको मड्रिड–पोर्चुगल)

इडेन हाजार्ड (चेल्सी/रियल मड्रिड–बेल्जियम

मार्किनहोस् (पिएस्जी–ब्राजिल)

मोहमद सालाह (लिभरपुल–इजिप्ट)

रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी–इंग्ल्यान्ड)

भर्जिल भान डाइक (लिभरपुल–नेदरल्यान्ड्स)

बर्नान्डो सिल्भा (म्यानचेस्टर सिटी–पोर्चुगल)

हेङ–मिन सन (टोटनह्याम–दक्षिण कोरिया)

रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख–पोल्यान्ड)

रोवर्ट फर्मिन्हो (लिभरपुल–ब्राजिल)

एलिसन बेकर (लिभरपुल–ब्राजिल)

करिम बेन्जेमा (रियल मड्रिड–फ्रान्स)

माथिस डि लिग्ट (आयाक्स/युभेन्टस–नेदरल्यान्ड्स)

क्रिस्टियानो रोनाल्डो (युभेन्टस–पोर्चुगल)

जर्जियो विज्नाल्डुम (लिभरपुल–नेदरल्यान्ड्स)

केलिएन एमबाप्पे (पिएसजी–फ्रान्स)

पियरे इमरिक उबामेयाङ (आर्सनल–गाबोन)

मार्क आन्द्रे टर स्टेगेन (बार्सिलोना–जर्मनी)

डोनी भान डे बिक (आयाक्स–नेदरल्यान्ड्स)

ट्रेन्ट अर्नोल्ड (लिभरपुल–इंग्ल्यान्ड)

साडियो माने (लिभरपुल–सेनेगल)

सर्जियो अगुएरो (म्यानचेस्टर सिटी–अर्जेन्टिना)

फ्रेन्की डे जोङ (बार्सिलोना–नेदरल्यान्ड्स)

ह्युगो लोरिस (टोटनह्याम–फ्रान्स)

दुसान ट्याडिक (आयाक्स–सर्बिया)

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १३:३१
Loading...