no-image

काठमाडौं, मंसिर ४
अर्को वर्ष आयोजना हुने युरो कपका लागि युइएफएले ड्रअघिको ‘पट’ टुंगो लगाएको छ । ‘पट’ भन्नाले ड्रअघि प्रतियोगिता खेल्ने देशहरूलाई समूहमा विभाजन गरिन्छ । यो देशहरूको वरीयतालगायत विभिन्न आधारमा हुन्छ । यसै आधारमा गोलाप्रथाबाट समूह चरणको ड्र गरिन्छ । पट निर्धारण गर्ने आधार :

  • छनौट सकिँदाको समूहको अन्तिम अवस्था
  • अंक
  • गोलअन्तर
  • गरेको गोल
  • अवे मैदानको गोल
  • जितेको खेल संख्या
  • अवे मैदानको जित संख्या
  • टोलीका खेलाडीले पाएको पहेंलो–रातो कार्ड (३ अंक)
  • युइएफए नेसन्स लिगको वरीयता

गत राति छनौटका अन्तिम १० खेल सकिएपछि अर्को वर्ष हुने युरो कप खेल्ने सबै देशहरूको टुंगो लागेको छ । अब सार्वजनिक पटका आधारमा नोभेम्बर ३० तारिखमा रोमानियाामा समूह चरणको अन्तिम ड्र हुने कार्यक्रम छ ।

सार्वजनिक पट यस्तो छ–

पट– १ : बेल्जियम, इटाली, इंग्ल्यान्ड, जर्मनी, स्पेन, युक्रेन

पट– २ : फ्रान्स, पोल्यान्ड, स्वीट्जरल्यान्ड, क्रोएसिया, नेदरल्यान्ड्स, रसिया

पट –३ : पोर्चुगल, टर्की, डेनमार्क, अस्ट्रिया, स्वीडेन, चेक रिपब्लिक

पट ४ : वेल्स, फिनल्यान्ड, प्ले अफ् ‘ए’, प्ले अफ् ‘बी’ प्ले अफ् ‘सी’, प्ले अफ् ‘डी’

समूह टुंगो लागिसकेका यी टिम

यसपटक प्रतियोगिता विभिन्न १२ देशमा आयोजना हुँदैछ । र, प्रतियोगिता आयोजक सबै देशले युरो कप खेल्न पाउँछन् । आयोजक देश छनौट खेल वा प्ले अफ्बाट नछानिए सोझै प्रतियोगिता खेल्न पाउँछन् । जस्तो कि, छनौटबाट नछानिएका रोमानिया, स्कटल्यान्ड, हंगेरीलगायत देशले पनि आयोजकका हैसियतमा युरो कप खेल्दैछन् । अब आयोजकमध्ये दुई देश प्ले अफ्बाट छानिन बाँकी छन् । तसर्थ प्रतियोगिता आयोजक टिमलाई युइएफएले छनौट सकिएसँगै समूह समेत तोकिसकेको छ ः

समूह ए – इटाली

समूह बी – रसिया, डेनमार्क

समूह सी – नेदरल्यान्ड्स, रोमानिया

समूह डी – इंग्ल्यान्ड, स्कटल्यान्ड

समूह ई – स्पेन, रिपब्लिक अफ् आयरल्यान्ड

समूह एफ – जर्मनी, हंगेरी

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार २०:४३
Loading...