‘इएल क्लासिको’बारे यसो भन्छन् हाजार्ड

एजेन्सी, मंसिर ४
यसै समरमा इंग्लिस क्लब चेल्सीबाट स्पेनिस रियल मड्रिड पुगेका बेल्जियन स्टार इडेन हाजार्डले आफू ला लिगामा इएल क्लासिको खेल्न आतुर रहेको बताएका छन् । गत राति युरो कप छनौटमा अन्तिम खेल साईप्रसविरुद्ध खेलेपछि मिडियासँग प्रतिक्रिया दिँदै उनले बार्सिलोनाविरुद्धको खेलबारे पनि धारणा राखे ।

सोक्रममा हाजार्डले राष्ट्रिय टोलीबाट आफूले युरो कप छनौट लयमा प्रदर्शन गरेको बताए । ‘यी खेलमा म लय रहन सकें । मैले गोल र असिस्ट गरिरहें भने त्योभन्दा बढी टिमलाई योगदान दिएँ,’ हाजार्डले भने, ‘म यो लय कायम राख्न चाह्नछु । मलाई यो लय स्पेनमा झन् आवश्यक छ ।’

सोक्रममा हाजार्डलाई रिरयलबाट बार्सिलोनाविरुद्ध हुने पहिलो खेलबारे पनि सोधियो । जसमा उनले सटिक प्रतिक्रिया दिँदै आफूले धेरै कुरा खेलपछि मात्रै बोल्ने बताए । ‘म स्पेनमा नयाँ छु । तर, बार्सिलोनाविरुद्ध खेल्न एकदमै आतुर र उत्साहित छु,’ हाजार्डले भने, ‘अहिले मलाई धेरै भन्नु छैन । धेरै कुरा पहिलो खेलपछि भन्नेछु ।’

ला लिगामा सिजनको पहिलो इएल क्लासिको आगामी डिसेम्र १८ मा क्याम्प नोउ बार्सिलोनाको घर हुँदैछ । यसअघि नै हुने तय भएको यो खेल क्याटलानको राजनीतिक आन्दोलनका कारण मिति सारिएको हो ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार १८:५२
Loading...