टोटनह्याम रेलिगेसनतर्फ झरेपछि पोचेटिनोले छाडे क्लब

एजेन्सी, मंसिर ४
इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक मोउरिसियो पोचेटिनोले क्लब छाडेका छन् । अघिल्लो दिन उनीसहितका कोचिङ स्टाफले क्लब छाडेको औपचािरक पुष्टि क्लबले गरेको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै पोचेटिनो अब क्लबको प्रशिक्षकमा नरहेको बताएको छ ।

गत सिजनको अन्त्य र यो सिजनको सुरुआत राम्रो गर्न नसकेको टोटनह्याम अहिले घरेलु लिगमा रेलिगेसनतर्फ झरेको छ । सोही दबाब प्रशिक्षकका रूपमा पोचेटिनोमाथि पनि छ । टोलीले राम्रो सुरुआत गर्न नसक्दा उनले आफैं क्लब छाड्ने निर्णय गरेको बताइएको छ ।

टोटनह्याम गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगे पछि फाइनलमा लिभरपुलसँग २–० ले हारेको थियो । जारी सिजन प्रिमियर लिगमा १२ खेलपछि १४ अंक बनाएर टोटनह्याम १४औं स्थानमा छ । यो सिजन टोटनह्यामले १२ खेल सकिँदा मात्रै ३ खेल जितेर ५ खेल बराबरी गरेको छ भने ४ खेल हारेको छ ।

यता, च्याम्पियन्स लिगमा टोटनह्यामले ४ खेल सकिँदा २ खेल जितेर एक खेल बराबरी गरेको छ भने एक खेल हारेको छ । टोटनह्याम अब एक जित भए अन्तिम १६ मा जानेछ ।

४७ वर्षीय अर्जेन्टिनी म्यानेजर पोचेटिनो सन् २०१४ मा टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका िथए । अब नयाँ प्रशिक्षकमा म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोउरिन्होको चर्चा बढेको छ । टोटनह्यामले शनिबार अवे मैदानमा वेस्ट ह्यामसँग लिगको १३औं खेल खेल्दैछ ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ०९:३०
Loading...