अन्तिम खेलमा नेदरल्यान्ड्स र रसियाको शानदार जित

काठमाडौं, मंसिर ४
अन्तिम खेलअघि नै युरो कपका लागि छनौट भएका रसिया र नेदरल्यान्ड्सले फराकिलो जित निकालेका छन् । गत राति भएका छनौटका अन्तिम खेलमा रसियाले सान मारिनोलाई उसकै घरेलु मैदानमा ०–५ ले हरायो ।

रसियाको जितमा डालेर कुज्याएभले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि १९औं मिनेटमा सेर्गी पेट्रोभले गोल गरे भने ४९औं मिनेटमा एलेक्सेई मिरानचुकले गोल गरे । त्यसपछि खेलेको ५६औं मिनेटमा एलेक्सेई लोनोभले गोल गर्दा ७८औं मिनेटमा निकोलाई कोमिलचेन्कोले गोल गरे ।

यता, गत राति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले इस्टोनियामाथि ५–० को जित निकाल्यो । आफ्नो घरमा डच टिमलाई जिताउन जर्जियो विज्नाल्डुमले ह्याट्रिक गरे ।

विज्नाल्डमुले खेलको छैटौं, ६६औं र ७८औं मिनेटमा गरी ३ गोल गरे । १८औं मिनेटमा नाथ एकेले गोल गरे भने ८७औं मिनेटमा मायोर्न बोडाउले गोल गरेका थिए ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ०८:०३
Loading...