साईप्रसको पोस्टमा बेल्जियमको आधा दर्जन गोल

काठमाडौं, मंसिर ४
युरो कप छनौटमा १० मा १० वटै खेल जितेर शतप्रशित नतिजा निकालेको बेल्जियमले अन्तिम खेलमा पनि फराकिलो जित निकालेको छ । गत राति आफ्नो घरमा भएको खेलमा बेल्जियमले पाहुना टोली साईप्रसमाथि ६–१ को जित निकाल्यो ।

आफ्नो घरमा बेल्जियमले एकपक्षीयजस्तै बनाएको खेलमा २ जना खेलाडीले २–२ गोल गरे भने १ गोल उपहारमा पायो । घरेलु टोलीका लागि खेलको १६औं र ६७औं मिनेटमा गारी क्रिस्टिएन बेन्टेकेले २ गोल गरेका थिए ।

त्यस्तै, खेलको ३५औं र ४१औं मिनेटमा गरी केभिन डे ब्रुयानले २ गोल गरे । ४४औं मिनेटमा यानिक कारास्कोले गोल गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा बेल्जियमले उपहार गोल पायो । यता, पराजित साईप्रसका लागि खेलको १४औं मिनेटमा निकोलास लोननाउले गोल गरे पनि खेल बेल्जियमले ६–१ ले जित्यो ।

बेल्जियम अन्तिम ३ खेल बाँकी छँदै युरो कपमा लागि छानिएको थियो । सो समूहबाट रसिया पनि छनौट भएको छ ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ०७:५४
Loading...