जर्मनीको फराकिलो जितमा ज्नाब्रीको ह्याट्रिक

काठमाडौं, मंसिर ४
अन्तिम दुई खेलअघि नै युरो कपका लागि छनौट भएको जर्मनीले अन्तिम छनौट खेलमा फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा जर्मनीले आफ्नो घरमा पाहुना टोली नर्दन आयरल्यान्डलाई ६–१ ले निराश बनायो ।

जर्मनीलाई आफ्नो घरमा जिताउन सेर्गी ज्नाब्रीले ह्याट्रिक गरे । त्यस्तै, लियोन गोरेट्जाले २ गोल गर्दा जुलिएन ब्रान्डल्टले १ गोल गरे । जर्मनीले पहिलो हाफमा ३ गोल गरेको थियो ।

खेलमा अग्रता पाहुना टोली आयरल्यान्डले लिएको थियो । खेलको सातौं मिनेटमा आयरल्यान्डका लागि मिकेलस्मिथले गोल गरेर जर्मनीलाई झट्का दिएका थिए ।

तर, त्यसपछि जर्मनी शानदार खेलमा फर्कियो । जहाँ खेलको १९औं, ४७औं र ६०औं मिनेटमा गोल गर्दै ज्नाब्रीले आफ्नो ह्याट्रिक पूरा गरे । यता, लियोनले ४३औं र ७३औं मिनेटमा गरी २ गोल गर्दा इन्जुरी समयमा जुलियनले गोल गरेपछि खेल जर्मनीले ६–१ ले जिते ।

समूह ‘सी’बाट जर्मनी ८ खेलबाट २१ अंक बनाएर युरो कपमा छानिएको छ भने नेदल्यान्ड्स १९ अंकसहित छनौट भएको थियो ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ०७:२५
Loading...