इनरिके स्पेनको प्रमुख प्रशिक्षकमा फर्किए : युरो कप जिताउने लक्ष्य

काठमाडौं, मंसिर ३
लुइस इनरिके स्पेनको प्रमुख प्रशिक्षक पदमा फर्किएका छन् । इनरिके सन् २०१८ को फिफा विश्वकपपछि फर्नान्डो हियरेरको स्थानमा प्रमुख प्रशिक्षक बनेका थिए । त्यसपछि केही समय काम गरेर व्यक्तिगत कारणले आफैं पद छाडेका उनी पुनः टोलीमा फर्किएका हुन् ।

उनी नहुँदा स्पेनको टोली सहायक प्रशिक्षक रोवर्ट मोरेनोले सम्हाल्दै आएका थिए । मोरेनोकै नेतृत्वमा स्पेन अर्को वर्ष हुने युरो कपका लागि अपराजित रहँदै छनौट भइसकेको छ ।

इनरिकेले हड्डीको क्यान्सरसँग जुधिरहेकी आफ्नी ९ वर्षीय छोरी शाना इनरिकेको स्वास्थ्य समस्याका कारण जागिर छाडेका थिए । तर, साना रोगबाट ग्रसित भएको ४ महिनापछि गत अगस्ट २९ मा निधन भएको थियो ।

यसअघि इनरिकेकै नतृत्वमा स्पेनले युइएफए नेसन्स लिग खेलेको थियो । तर, स्पेन सेमिफाइनल पुग्न नसकी आउट भएको थियो । इनरिके बार्सिलोनाका पूर्वप्रशिक्षक हुन् । उनले सन् २०१७ मा बार्सिलोना छाडेका थिए ।

इनरिके अर्को वर्ष हुने युरो कपका लागि टोली तयार पार्र्ने उद्देश्यसहित जिम्मेवारीमा फर्किएका हुन् । जिम्मेवारीमा फर्किएपछि उनले टोलीलाई युरोपियन प्रतियोगिताका लागि तयार पार्न आफू केन्द्रित हुने बताएका छन् ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार १९:११
Loading...