आज ब्राजिल र साउथ कोरिया भिड्दै

काठमाडौं, मंसिर ३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज दक्षिण अमेरिकी देश ब्राजिल र एसियन देश साउथ कोरियाको रोचक खेल हुँदैछ । यस चरणको अन्तिम खेलमा यी दुई देश आज दुबईमा भिड्न लागेका हुन् ।

खेल नेपाली समयअनुसार राति ७ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि ब्राजिल अर्जेन्टिनासँग साउदी अरेबियामा १–० ले हारेको थियो कोरियाले भने लेबनानसँग गोलरहित बराबरी खेलेको थियो ।

ब्राजिल आज तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध उत्रिँदा स्पष्ट जित निकालेर अन्तर्राष्ट्रिय ब्रेकलाई सुखद् बनाउने दाउमा छ । कोरिया भने यस चरणको ब्रेकमा पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार १५:३५
Loading...