युरो कप छनौटमा आज अन्तिम १० खेल हुँदै : वेल्स ‘गर कि मर’ को अवस्थामा

काठमाडौं, मंसिर ३
अर्को वर्ष हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत आज राति छनौटका अन्तिम १० खेल हुँदैछन् । यी खेलपछि छनौटका सम्पूर्ण खेल सकिनेछन् । आज राति हुने खेलहरूमा जर्मनी, बेल्जियम, पोल्यान्ड, नेदरल्यान्ड्सका खेल रोमाञ्चक हुनेछन् ।

आज हुने खेलमा सर्वाधिक महत्त्वपूर्ण खेल वेल्स र हंगेरीको हुनेछ । समूह ‘ई’मा रहेका यी दुई टिम आज एकअर्कालाई हराएर प्रतियोगिताका लागि छनौट हुने अभियानमा छन् । हाल हंगेरी १२ अंकसहित दोस्रो स्थानमा छ भने वेल्स ११ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतियोगितामा छानिन आज आफ्नो घरमा खेल्न लागेको वेल्सलाई स्पष्ट जित आवश्यक पर्छ । यदि पराजित भए वा बराबरीमा रोकिए हंगेरी छनौट हुनेछ भने वेल्सले युरो कप खेल्न पाउनेछैन ।

आजका खेल नेपाली समयमा :

  1. लाट्भिया भर्सेस अस्ट्रिया – राति १ः३० बजे
  2. जर्मनी भर्सेस नेदरल्यान्ड्स – राति १ः३० बजे
  3. वेल्स भर्सेस हंगेरी – राति १ः३० बजे
  4. नर्थ म्याकेडोनिया भर्सेस इजरायल – राति १ः३० बजे
  5. बेल्जियम भर्सेस साईप्रस – राति १ः३० बजे
  6. पोल्यान्ड भर्सेस स्लोभेनिया – राति १ः३० बजे
  7. सान मारिनो भर्सेस रसिया – राति १ः३० बजे
  8. स्कटल्यान्ड भर्सेस काजाकिस्तान – राति १ः३० बजे
  9. स्लोभाकिया भर्सेस अजरबैजान – राति १ः३० बजे
  10. नेदरल्यान्ड्स भर्सेस इस्टोनिया – राति १ः३० बजे

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार १५:३४
Loading...