युरो कप छनौट : एकै खेलमा १० गोल !

काठमाडौं, मंसिर ३
अर्को वर्ष हुने युरो कपअन्तर्गत आफ्नो अन्तिम छनौट खेलमा इटालीले फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार मंगलबार बिहान भएको खेलमा इटालीले अर्मानियालाई ९–१ ले स्तब्ध बनायो ।

दुई पक्षबाट गरी एकै खेलमा १० गोल हुँदा घरेलु टोली इटालीले ९ गोलको वर्षा गरायो । आफूले १ गोल खायो । इटालीका लागि दुई खेलाडीले २–२ गोल गरे भने बाँकी ५ जनाले १–१ गोल गरे

इटालीका लागि खेलको आठौं मिनेटमा सिरो इम्बोइलले पहिलो गोल गर्दा नवौं मिनेटमा निकोलो ज्यानिओलोले दोस्रो गोल गरे । त्यसपछि खेलको २९औं मिनेटमा निकोलो बारेल्लाले टोलीका लागि तेस्रो गोल गर्दा ३३औं मिनेटमा इम्बोइलले व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा इटालीले अझै बढी गोल हान्यो । खेलको ६४औं मिनेटसमा ज्यानिओलोले व्यक्तिगत दोस्रो गोल गरे भने ७२औं मिनेटमा एलिस्सो रोमाग्नोलीले गोल गरेपछि इटाली ६–० ले अघि रह्यो ।

लगत्तै खेलको ७५औं मिनेटमा जर्जिन्होले पेनाल्टीमार्फत् गोल गरे भने ७७औं मिनेटमा रिकार्डो ओर्सोलिनीले गोल गरेर खेल ८–० बनाए । तर, खेलको ७९औं मिनेटमा अर्मानियाका लागि इड्गार बबायानले गोल गरेर खेल ८–१ बनाउनासाथ ८१औं मिनेटमा फेडरिको चिसियाले गोल गरेपछि खेल इटालीले ९–१ ले जित्यो ।

समूह ‘जे’बाट इटाली यसअघि नै युरो कपमा छनौट भइसकेको छ भने फिनल्यान्ड पनि छनौट भएको छ । इटालीले छनौटमा खेलेका १० वटै खेल जित्न सफल भयो ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार ०३:४६
Loading...