पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध उरूग्वे १–० ले अघि

काठमाडौं, मंसिर ३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत अहिले दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया प्रतिस्पर्धी अर्जेन्टिना र उरुग्वेको खेल जारी छ । निकै घम्साघम्सी र प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा उरुग्वेले सुरुआती अग्रता लिएको छ ।

उरुग्वेका लागि खेलको ३४ औं मिनेटमा इडिसन काभानीले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन् । उरुग्वेले बनाएको सुन्दर मुभमा लुइस स्वारेजले दिएको पासमा काभानीले पोस्टकै अघिबाट स्लिप गर्दै बललाई जाली चुमाएका थिए ।

पहिलो हाफमा तुलनात्मक रूपमा बल अर्जेन्टिनाले बढी आफ्नो पक्षमा राखेर खेलमा दबाब बनायो । तर, अर्जेन्टिनाले पनि टार्गेटमा प्रहार गर्न सकेन । मेस्सीले एक मात्रै फ्रि किक प्रहार सही निशानामा रहेको थियो । उरुग्वेका डिफेन्डर सेबास्टिएन कोआटेस चोट बोकेर खेलेको १७औं मिनेटमै मैदान छाडेपछि उनको स्थानमा जिओभानी गोन्जालेज मैदान छिरेका छन् ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार ०१:५१
Loading...