मेस्सीलाई अन्तर्राष्ट्रिय गोलमा सुनील क्षेत्रीलाई उछिन्ने मौका

काठमाडौं, मंसिर २
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज राति दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया टिम अर्जेन्टिना र उरुग्वे भिड्दैछन् । अर्जेन्टिना र उरुग्वेको खेल नेपाली समयअनुसार (मंगलबार बिहान) राति १ बजेबाट सुरु हुनेछ । इजरायलमा सो खेल हुँदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई भने अन्तर्राष्ट्रिय गोल संख्या बढाउने अवसर छ ।

हालसम्म मेस्सीले अर्जेन्टिनाका लागि अफिसियल र मैत्रीपूर्ण खेलबाट गरी कूल ६९ गोल गरेका छन् । मेस्सी हाल सक्रिय खेलाडीहरूमध्ये सबैभन्दा गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ९९ गोलसहित पहिलो नम्बरमा छन् ।

रोनाल्डोपछि भारतका कप्तान सुनील क्षेत्री ७२ गोलसहित दोस्रो स्थानमा छन् । अनि मात्रै मेस्सी ६९ गोलसहित तेस्रो स्थानमा छन् । हालको तथ्यांअनुसार मेस्सी शीर्ष स्थानका रोनाल्डोभन्दा ३० गोलले पछि छन् भने भारतका क्षेत्रीभन्दा ३ गोलले पछि छन् ।

यदि आज राति उरुग्वेविरुद्धको खेलमा मेस्सीले कम्तीमा ह्याट्रिक गोल गर्न सके उनले भारतका क्षेत्रीसँगको गोल संख्या बराबरी गर्नेछन् । यदि त्यसो भए भारतका क्षेत्री र मेस्सी दुवैको अन्तर्राष्ट्रिय गोल समान ७२–७२ गोल हुनेछ । यदि मेस्सीले ३ भन्दा बढी गोल गरे उनी दोस्रो सर्वाधिक गोलकर्ताको सूचीमा उक्लिनेछन् ।

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार १७:५४
Loading...