रोनाल्डोले १०० गोलका लागि १२७ दिन पर्खिनुपर्ने

काठमाडौं, मंसिर २
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले देशका लागि कूल ९९ गोल गरेका छन् । गत राति युरो कप छनौट खेलमा लक्जेमबर्गविरुद्धको अन्तिम खेलमा १ गोल गर्दै उनले देशका लागि गरेको गोल ९९ पुर्याए ।

तर, कीर्तिमानी १०० गोलको कोसेढुंगा पार गर्न रोनाल्डोले अझै लामो समय पर्खिुपर्ने छ । किनभने, तत्कालै अब अन्तर्राष्ट्रिय खेल छैन । पोर्चुगलको आगामी खेल आउन दिनगन्तिका हिसाबले अब ठ्याक्कै १२७ दिन बाँकी छ । यो चार महिनाभन्दा बढी समय हो । पोर्चुगलको अर्को खेल सन् २०२० को मार्च २३ मा मात्रै छ ।

समकालीन फुटबलमा रोनाल्डो सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनीपछि भारतका कप्तान सुनील क्षेत्री ७२ गोलसहित दोस्रो स्थानमा छन् । अनि मात्रै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी ६९ गोलसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार १४:१८
Loading...