मेस्सी भर्सेस स्वारेज : आज अर्जेन्टिना र उरुग्वेको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, मंसिर २
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया टोली अर्जेन्टिना र उरुग्वेको रोमाञ्चक खेल हुँदैछ । खेल इजरायलको टेल अभिभ सहरस्थित ब्लुमफिल्ड रंगशालामा नेपाली समयअनुसार राति (मंगलबार बिहान) ठीक १ बजेबाट सुरु हुनेछ ।

मैत्रीपूर्ण खेल भए पनि आजको यस खेललाई निकै महत्त्वसाथ हेरिएको छ । यस खेलमा महादेशस्तरमा कडा प्रतिस्पर्धी मानिने अर्जेन्टिना र उरुग्वे भिड्दा अर्को एक आकर्षण पनि हुनेछ– बार्सिलोनाका घनिष्ठ मित्रहरू लिओनल मेस्सी र लुइस स्वारेजको भिडन्त ।

बार्सिलोनामा सहकर्मी भएर खेल्ने मेस्सी र स्वारेज आज दुवै यस खेलमा खेल्दैछन् । र, आज उनीहरू एकअर्काविरुद्ध उत्रिँदा खेल दर्शनीय हुने पक्का छ । त्यस्तै, अर्जेन्टिनाको टोलीमा मेस्सीसहित सर्जियो अगुएरो, पाउलो डिबाला, लौटारो मार्टिनेजलगायत स्टार खेलाडी हुनेछन् ।

यता, उरुग्वेन टोलीमा स्वारेजसहित इडिसन काभानी, डिएगो गोडिन, लोजानो, फेडे भाल्भर्डे, क्रिस्टिएन रोड्रिग्वेजलगायत स्टार खेलाडीहरूको साथ रहनेछ । दुवै टोलीले यस खेलमा पहिलो रोजाइको टोली उतार्ने तयारी गरेका छन् ।

‘हेड टु हेड’ यस्तो छ :

  • कूल खेल – १८८
  • अर्जेन्टिना जित – ८७
  • उरग्वे जित – ५७
  • बराबरी ४४

पछिल्ला ५ खेलको नतिजा :

  • १२ अक्टोबर २०१२ – अर्जेन्टिना ३ – ० उरुग्वे – फिफा विश्वकप
  • १५ अक्टोबर २०१३ – उरुग्वे ३ – २ अर्जेन्टिना – फिफा विश्वकप
  • १६ जुन २०१५ – अर्जेन्टिना १ – ० उरुग्वे – कोपा अमेरिका
  • २ सेप्टेम्बर २०१६ – अर्जेन्टिना १ – ० उरुग्वे – फिफा विश्वकप
  • ३१ अगस्ट २०१७ – उरुग्वे ० –० अर्जेन्टिना – फिफा विश्वकप

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार १०:४४
Loading...