इन्जुरी समयमा विजयी गोल : ब्राजिलले जित्यो विश्वकपको उपाधि

काठमाडौं, मंसिर २
ब्राजिलको युवा टोलीले यु–१७ फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । गत राति ब्राजिलमा भएको फाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई १–२ ले हराउँदै उपाधि पोल्टामा पार्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले उपाधि जित्दा खेलको इन्जुरी सयममा भएको गोल निर्णायक साबित भयो । खेलमा अग्रता भने मेक्सिकोले लिएको थियो । पहिलो हाफ ०–० मा सकिएको थियो ।

तर, खेलको ६६औं मिनेटमा मेक्सिकोका लागि ब्रायन अलोन्सन गोन्जालेज ओलिभानले पहिलो गरेका थिए । सोही गोलको मदतमा उपाधिनजिक पुगेको मेक्सिको अन्तिम समयमा अभागी बन्यो । जहाँ उसले अन्तिम समयमा २ गोल खाएर उपाधि घरेलु टोलीलाई सुम्पियो ।

पछि परेको अवस्थामा ब्राजिलले खेलको ८४औं मिनेटमा पेनाल्टी पायो । जहाँ काइयो जोर्गेले कुनै गल्ती नगरी गोल गरेर खेल १–१ बनाए । त्यसपछि बराबरीतर्फ अघि बढेको खेलमा ब्राजिलले इन्जुरी समयमा विजयी गोल हान्यो । ९३औं मिनेटमा लाजारो भिनिसियस माक्र्विसले गोल गरेपछि खेल ब्राजिलले १–२ ले जित्यो ।

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार ०९:१२
Loading...