अल्बानियामाथि फ्रासन्को सहज जित : ६ महिनापछि ग्रीजम्यानको गोल

काठमाडौं, मंसिर २
स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले राष्ट्रिय टोलीका लागि ६ महिनापछि गोल गर्दा फ्रान्सले युरो कप छनौटमा अर्को जित निकालेको छ । छनौटको अन्तिम खेल अल्बानियाको घरमा खेल्नेक्रममा फ्रान्सले ०–२ को जित निकाल्यो ।

फ्रान्सले गरेका २ वटै गोलमा ग्रीजम्यानको सहभागिता रह्यो । उनले पहलो गोलमा असिस्ट गरे भने १ गोल आफैंले गरे । फ्रान्सका लागि खेलको आठौं मिनेटमै कोरेन्टिन टोलिसोले बक्स भित्रबाट हेडिङ गोल गरेका थिए । सो गोलका लागि ग्रीजम्यानले मैदानको मध्यभागबाट हाई पासमा दर्शनीय असिस्ट गरेका थिए ।

त्यसपछि खेलको ३१औं मिनेटमा ग्रीजम्यानले गोल गरे । डोबोइसले मैदानको तल्लो भागबाट बक्समा दिएको क्रस पास हान्न पुगेका उनले सुन्दर ढंगले बललाई जाली चुमाएपछि खेलमा फ्रान्सले ०–२ को अग्रता लियो ।

त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि खेल फ्रान्सले जित्यो । फ्रान्स समूह ‘एच’बाट यसअघि नै छनौट भइसकेको छ । टर्की पनि प्रतियोगिताका लागि छनौट भइसकेको ।

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार ०७:२३
Loading...