युरो कप छनौटको सर्वाधिक गोलकर्तामा रोचक भिडन्त : यस्तो छ ताजा अवस्था

काठमाडौं, मंसिर १
अर्को वर्ष हुने युरो कप फुटबलका लागि जारी छनौट खेलमा सर्वाधिक गोलकर्तामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छनौट चरणमा हरेक देशले आफ्नो अन्तिम खेल खेल्नु अघिसम्म तीन खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

ताजा अवस्थामा इंग्ल्यान्डका कप्तान ह्यारी केन ११ गोलसहित शीर्ष स्थानमा छन् । इजरायलका मिडफिल्डर इरान जहाबीको पनि समान ११ गोल नै छ । यता, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १० गोलसहित तेस्रो स्थानमा छन् ।

आज राति इंग्ल्यान्ड र कोसोभो भिड्दा केनलाई थप गोल गरेर शीर्ष स्थानमा पकड जमाउने अवसर छ । यता, आज राति पोर्चुगल र लक्जेमबर्ग भिड्दा रोनाल्डोले पनि अन्तिम खेलमा ह्याट्रिक वा सोभन्दा बढी गोल गरेर सर्वाधिक गोलकर्ता बन्ने सम्भावना छ ।

अघिल्लो खेलमा इंग्ल्यान्डका केनले मोन्टेनेग्रोविरुद्ध ह्याट्रिक गरेका थिए भने पोर्चुगलले लिथुनियालाई हराउँदा रोनाल्डोले ह्याट्रिक गरेका थिए । हालसम्म छनौट चरणमा सबैभन्दा कम समय खेल्ने रोनाल्डो हुन् । उनले कम समय खेलेरै बढी गोल गरेका छन् ।

टप–५ गोलर्कर्ता :

ह्यारी केन (इंग्ल्यान्ड) – ११ गोल (खेलेको समय ५७७ मिनेट)

इरान जहाबी (इजरायल) – ११ गोल (खेलेको समय ८१० मिनेट)

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – १० गोल (खेलेको समय ५३२ मिनेट)

अर्टेम डेजुबा (रसिया) – ९ गोल (खेलेको समय ७७७ मिनेट)

अलेक्सान्डर मिट्रोभिक (सर्बिया) – ९ गोल (खेलेको समय ५७७ मिनेट)

टिमु पुक्की (फिनल्यान्ड) – ९ गोल (खेलेको समय ७९२ मिनेट)

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार १७:५९
Loading...