आज लक्जेमबर्गविरुद्ध भिड्दा रोनाल्डोको लक्ष्य : १०० गोलको कीर्तिमानी कोसेढुंगा

काठमाडौं, मंसिर १
युरो कप छनौट खेलमा आज राति साबिक विजेता पोर्चुगल र लक्जेमबर्ग छनौट चरणका अन्तिम खेल खेल्दैछन् । छनौट चरणकै प्रक्रियाबाट प्रतियोगितामा छानिने अभियानमा रहेको पोर्चुगललाई अन्य टोलीको नतिजामा भर नपर्न आज राति स्पष्ट जित आवश्यक छ । पराजित भए पनि पोर्चुगललाई कुनै समस्या छैन । किनभने, ऊ युइएफए नेसन्स लिगको सेमिफाइनालिस्ट–विजेता टिमका हैसियतमा ६ महिनाअघि नै युरो कपका लागि छनौट भइसकेको छ ।

आज राति अवे मैदानमा लक्जेमबर्गविरुद्ध भिड्दा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई भने करिअरको नयाँ कोसेढुंगा पूरा गर्ने अवसर हुनेछ । छनौट चरणमा पछिल्ला दुई खेलबाट ७ गोल गरेका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा कूल ९८ गोल गरिसकेका छन् । उनलाई १०० गोलको कोसेढुंगा पूरा गर्न अब मात्रै २ गोल आवश्यक छ ।

रोनाल्डो समकालीन फुटबलमा सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् भने समग्रमा उनी दोस्रो सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोभन्दा अघि इरानका अवसकाप्राप्त खेलाडी अली डाई १०९ गोलका साथ सबैभन्दा शीर्ष स्थानमा छ । फुटबल इतिहासकै सो रेकर्ड भंग गर्नबाट ३४ वर्षका रोनाल्डो अब मात्रै ११ गोलले टाढा छन् । आज राति २ गोल गर्न सके रोनाल्डोले शतक पूरा गर्नेछन् !

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार १६:२३
Loading...