क्रुस चम्किँदा बेलारुसमाथि शानदार जित निकाल्दै जर्मनी युरो कपमा छनौट

काठमाडौं, मंसिर १
फुटबलको महाशक्ति राष्ट्र जर्मनी अर्को वर्ष हुने युरो कपका लागि छनौट भएको छ । गत राति आफ्नो घरमा पाहुना टोली बेलारुसमाथि ४–० को शानदार जित निकाल्दै जर्मनीले युरो कपको टिकट काटेको हो ।

आफ्नो घरमा जर्मनीलाई जिताउन ३ जना खेलाडीले गोल गरे । जसमा टोनी क्रुसले २ गोल गरे भने १ गोलका लागि असिसस्टसमेत गरे ।

जर्मनीले एकपक्षीय बनाएको खेलमा ४१औं मिनेटमा माथिस गिन्टरले गेनाब्रीको पासमा पहिलो गोल गरेका थिए । त्यसपछि ४९औं मिनेटमा लियोन गोरेट्जाले क्रुसको पासमा टोलीका लागि दोस्रो गोल गरे ।

लगतै ५५औं मिनेटमा पहिलो गोल गरेका गिन्टरको पासमा क्रुसले गोल गरेपछि खेलमा जर्मनीले ३–० को सहज अग्रता बनायो । त्यसपछि खेलको ७५औं मिनेटमा बेलारुसले पेनाल्टी पायो । तर, इहार स्टासेभिच पेनाल्टीमा चुकेपछि बेलारुले गोलअन्तर घटाउन मौका गुमायो ।

त्यसपछि खेलको ८३औं मिनेटमा क्रुसले इकाई गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल जर्मनीले ३–० ले जित्यो । अब यो जितसँगै जर्मनीले ७ खेलबाट १८ अंक बनाएको छ । ऊसँगै छनौट भएको नेदरल्यान्ड्सको १६ अंक छ ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार ०८:१३
Loading...