नेदरल्यान्ड्सको कमब्याक : आठ वर्षपछि युरोपियन प्रतियोगितामा छनौट

काठमाठौं, मंसिर १
नेदरल्यान्ड्स करिब ८ वर्षपछि युरोपियन प्रतियोगितामा छानिन सफल भएको छ । यसअघि सन् २०१६ को युरो कप र २०१८ को विश्वकपमा छानिनै नसकेको डच टोली ८ वर्षपछि ठूला प्रतियोगिता खेल्न छानिएको हो ।

अर्को वर्ष हुने युरो कपका लागि छारी छनौट खेलअन्तर्गत डच टिमले गत राति भएको सातौं खेलमा नर्दन आयारल्यान्डसँग अवे मैदानमा गोलरहित बराबरी खेल्दै युरो कपमा स्थान पक्का गरेको हो ।

आयरल्यान्डको घरमा नेदरल्यान्ड्सले दबाब बनाएर खेले पनि खेल अवधिभरि दुवै टोलीबाट गोल निस्कन सकेन । खेलको ३२औं मिनेटमा आयरल्यान्डले पेनाल्टी पाएको थियो । तर, स्टेभेन डेभिस पेनाल्टीमा चुकेपछि घरेलु टोली महत्त्वपूर्ण जितबाट वञ्चित हुन पुग्यो । डेभिसको पेनाल्टी प्रहार पोस्टभन्दा निकै माथिबाट आकासिएको थियो ।

त्यसपछि बाँकी समयभरि दुवै टोलीबाट गोल भएन । र, खेल ०–० मा टुंगियो । यससँगै डच टिम ७ खेलबाट १६ अंक बनाएर युरोप कपमा छानियो । आयरल्यान्ड भने १३ अंक बनाएर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार ०८:११
Loading...