रोमानियालाई हराउँदै स्वीडेन युरो कपमा छानियो

काठमाडौं, कात्तिक ३०
रोमानियालाई उसकै घरेलु मैदानमा पराजित गर्दै स्वीडेन अर्को वर्ष हुने युरो कपका लागि छनौट भएको छ । गत राति भएको आफ्नो नवौं खेलमा स्वीडेनले रोमानियामाथि ०–२ को जित निकाल्दै युरो कपको टिकट काटेको हो ।

अवे मैदानमा स्वीडेनलाई जिताउनेक्रममा खेलको १८औं मिनेटमा मार्कुस बर्गले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा स्वीडेनका लागि रोबिन क्वीसनले गोल गरेपछि स्वीडेन पहिलो हाफमा ०–२ ले अघि रह्यो ।

त्यससपछि खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल भएन । र, खेल स्वीडेनले ०–२ ले जित्यो । यता, गत राति नै भएका अन्य खेलहरूमा अल्बानिया र एन्डोराले २–२ को बराबरी खेल्दा नर्वेले फाराए आइसल्यान्डलाई ४–० ले हरायो ।

त्यस्तै, अर्मानियामाथि ग्रीसले ०–१ को जित निकाल्दा फिनल्यान्डले लिचेस्टाइनलाई ३–० ले हरायो । अर्को खेलमा इटालीले बोस्निया एन्ड हर्ज गोभिनालाई ०–३ ले हरायो भने डेनमार्कले ग्रीबाल्टारलाई ६–० ले हरायो । अर्को खेलमा स्वीट्जरल्यान्डले जर्जियालाई १–० ले हरायो ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार ०९:२६
Loading...