मेस्सीको तीन वर्षमा ११ गोल : रोनाल्डोको एक वर्षमै १३ गोल !

काठमाडौं, कात्तिक २९
अर्को वर्ष हुने युरो कप फुटबलका लागि जारी छनौट खेलअन्तर्गत गत राति पोर्चुगल र लिथुनिया भिड्दा साबिक विजेता पोर्चुगलले ६–० को फराकिलो जित निकाल्यो । आफ्नो घरमा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डोले रोमाञ्चक ह्याट्रिक गरे ।

खेलको ८२औं मिनेटमा सब्सिच्युट हुनुअघिसम्म उनले ६५औं मिनेटमै ह्याट्रिक पूरा गरेका थिए । गत रातिको ३ गोलसँगै रोनाल्डोले युरो कप छनौटमा मात्रै १० गोल गरिसकेका छन् । सोक्रममा उनले दुई ह्याट्रिक गरेका छन् । यस वर्ष उनले कूल १३ गोल गरेका छन् । जसमा तीन ह्याट्रिक छन् । उनले एक ह्याट्रिक युइएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डविरुद्ध गरेका थिए ।

गत रातिको ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा गरेको कूल गोल संख्या ९८ पुगेको छ । सोक्रममा उनले कूल ९ ह्याट्रिक देशका लागि गरेका छन् । रोनाल्डो अहिले सक्रिय खेलाडीहरूमध्ये सर्वाधिक बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

मेस्सीको ३ वर्षमा ११ गोल, रोनाल्डोको एक वर्षमै १३ गोल !

गत रातिको ३ गोलसँगै रोनाल्डोले सन् २०१९ मात्रै अन्तर्राष्ट्रिय प्रतिोगितामा गरेको कूल संख्या १३ पुगेको छ । उनले गरेका १३ वटै गोल अफिसियल प्रतियोगितामा गरेका हुन् ।

जबकि, रोनाल्डोका खास प्रतिस्पर्धी अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले भने यस वर्ष देशका लागि मात्रै ३ गोल गरेका छन् (आज राति ब्राजिलविरुद्ध खेल्नुअघिसम्म) । रोनाल्डोले यस वर्ष हालसम्म १३ गोल गर्दा मेस्सीले भने पछि पछिल्ला तीन वर्ष देशका लागि मात्रै ११ गोल गरेका छन् ।

त्यसमा पनि रोनाल्डोले यस वर्ष गरेका १३ वटै गोल सबै अफिसियल प्रतियोगितामा हुन् । यता, मेस्सीले ३ वर्षमा मात्रै ११ गोल गर्दा उनले आधाभन्दा बढी गोल त मैत्रीपूर्ण खेलमा गरेका छन् ।

हेरौं तथ्यांकमा

  • रोनाल्डोले २०१९ मा गरेको कूल गोल – १३
  • खेल संख्या – ९
  • अफिसियल गोल – १३
  • ह्याट्रिक – तीन

  • मेस्सीले पछिल्ला तीन वर्षमा गरेको गोल – ११
  • वर्ष २०१७ – ४ गोल
  • वर्ष २०१८ – ४ गोल
  • वर्ष २०१९ – ३ गोल
  • अफिसियल गोल – ५
  • मैत्रीपूर्ण गोल – ६
  • कूल खेल संख्या २० खेल

  • मेस्सीको पछिल्ला ३ वर्षको गोल – ११
  • रोनाल्डोको पछिल्ला ३ वर्षको गोल – ३०
  • तीन वर्षमा रोनाल्डोको मैत्रीपूर्ण गोल – ३
  • तीन वर्षमा मेस्सीको मैत्रीपूर्ण गोल – ६

 

  • रोनाल्डोको कूल अन्तर्राष्ट्रिय गोल – ९८
  • मेस्सीको कूल अन्तर्राष्ट्रिय गोल – ६८
  • रोनाल्डोको कूल अन्तर्राष्ट्रिय ह्याट्रिक – ९
  • मेस्सीको अन्तर्राष्ट्रिय ह्याट्रिक – ६

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १३:२७
Loading...