रोनाल्डोद्वारा पेलेको दुर्लभ रेकर्ड बराबरी

काठमाडौं, कात्तिक २९
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलका लिजेन्ड खेलाडी पेलेको एक दुर्लभ रेकर्ड बराबरी गरेका छन् । गत राति युरो कप छनौटमा लिथुनियालाई ६–० ले हराउनेक्रममा ह्याट्रिक गरेका ३४ वर्षीय रोनाल्डोले पेलेका नाममा रहेको लगातार १३ वर्ष ३० भन्दा बढी गोलको रेकर्ड बराबरी गरेका हुन् ।

निर्धारित ९० मिनेटको ८३औं मिनेटसम्म मैदानमा रहँदा रोनाल्डोले ६५औं मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । उनले एक गोल पेनाल्टीमार्फत् गर्दा २ गोल निकै सुन्दर फिनिसिङमा गरेका थिए ।

गत राति ३ गोल गरेसँगै वर्ष २०१९ मा रोनाल्डोले ३० गोल नघाएका छन् । उनले यस वर्ष क्लब र देशका लागि गरेर ३० गोल नघाउँदा उनले लगातार १३ वर्ष ३० वा सोभन्दा बढी गोल गरेका हुन् ।

यसअघि ब्राजिलका पेलेले आफ्नो करिअरमा लगातार १३ सिजन ३० वा सोभन्दा बढी गोल गर्ने खेलाडीको दुर्लभ रेकर्ड आफ्नो नाममा लेखाएका थिए । आफ्नो करिअरभरि ब्राजिलको क्लब सान्तोषबाट व्यावसायिक फुटबल खेलेका उनले करिअर दौरान लागातार वर्ष सिजनसम्म ३० भन्दा बढी गोल गरेका थिए । अब सो रेकर्ड पेले र रोनाल्डोको नाममा संयुक्त रूपमा रहनेछ ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १०:००
Loading...