टर्कीले काट्यो युरो कपको टिकट

काठमाडौं, कात्तिक २९
अर्को वर्ष हुने युरो कप फुटबलका लागि टर्कीले टिकट काटेको छ । गत राति भएको खेलमा आइसल्यान्डसँग गोलरहित बराबरी खेल्दै टर्की अन्तिम एक खेलअगावै युरो कपका लागि छनौट भएको हो ।

आफ्नो भूमिमा टर्कीले पाहुना टोली आइसल्यान्डसँग गोलरहित बराबरी खेलेर १ अंक जोड्यो । सोही १ अंकको मदतमा उसले प्रतियोगिताको अन्तिम खेल बाँकी छँदै आफ्नो सिट पक्का गरेको हो । यदि उसले सो खेल हारेको भए अन्तिम खेलसम्म प्रतक्षा गर्नुपर्ने थियो ।

समूह ‘एच’बाट फ्रान्स र टर्की प्रतियोगिताका लागि छानिएका हुन् । फ्रान्स २२ अंकसहित छनौट हुँदा टर्कीले २० अंक बनाएर छानिएको हो ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०८:२०
Loading...