माल्डोभालाई हराउँदै फ्रान्स युरो कपमा छानियो

काठमाडौं, कात्तिक २९
अर्को वर्ष हुने युरो कपका लागि जारी छनौट खेलमा फ्रान्सले कठिन जित निकालेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा फ्रान्सले पाहुना टोली माल्डोभालाई आफ्नो घरमा २–१ ले निराश बनायोे ।

फ्रान्सको जितमा राफाएल भाराने र ओलिभर जिरुडले पेनाल्टीमार्फत् गरेको निर्णायक बन्यो । खेलमा अग्रता भने पाहुना टोली माल्डोभाले लिएको थियो । उसका लागि नवौं मिनेटमा भाडिम राताले गोल गरेका थिए ।

तर, घरेलु टोली फ्रान्सलाई खेलको ३५औं मिनेटमा भारानेले खेलमा फर्काए । त्यसपछि फ्रान्सलाई विजयी गोलका लागि ७९औं मिनेटसम्म लड्नु परेको थियो, जहाँ उसले पेनाल्टी पायो । पेनाल्टीमा जिरुडले गोल गरेपछि खेल फ्रान्सले २–१ ले जित्यो ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०३:५८
Loading...