लिथुनियाको पोस्टमा पोर्चुगलको ६ गोल : रोनाल्डोले हाने ह्याट्रिक

काठमाडौं, कात्तिक २९
कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेपछि पोर्चुगलले युरो कप छनौट खेलमा फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको सातौं खेलमा पोर्चुगलले लिथुनियालाई ६–० को फराकिलो हार चखायो । आफ्नो घरमा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डोले ह्याट्रिक गर्दा बाँकी गोल ३ गोल ३ जना फरक–फरक खेलाडीले गरे ।

पोर्चुगलका लागि खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए । त्यसपछि २२औं मिनेटमा बक्स बाहिरबाट उनले निकै शानदार र दर्शनीय गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा पनि पोर्चुगलले गोलको वर्षा जारी राख्यो । जहाँ उसका लागि ५२औं मिनेटमा पिजीले गोल रे भने ५६औं मिनेटमा गोन्कालो पासेनसियाले गोलेपछि पोर्चुगल ४–० ले अघि रह्यो ।

पोर्चुगल त्यत्तिमै अडिएन । खेलको ६३औं मिनेटमा बर्नान्डो सिल्भाले निकै शानदार गोल गरेर टिमको अग्रता बढाए । त्यसपछि खेलको ६५औं मिनेटमा रोनाल्डोले बक्स भित्रबाट गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यो ह्याट्रिकसँगै ३४ वर्षीय रोनाल्डोले देशका लागि नवौं ह्याट्रिक गरेका छन् । यता, उनले अन्तर्राष्ट्रिय खेलमा गरेको गोल संख्या पनि ९८ पुगेको छ । उनी अब कीर्तिमानी १०० गोलबाट मात्रै २ गोलले टाढा छन् ।

यो जितपछि पोर्चुगलले ७ खेलबाट १४ अंक बनाएको छ । ७ खेल नै खेलेको युक्रेन १९ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०३:१९
Loading...