वर्ष २०१९ का ‘बेस्ट–२५’ खेलाडीको सूची सार्वजनिक : को कति नम्बरमा ?

एजेन्सी, कात्तिक २८
फुटबलको चर्चित साइट ‘गोल’ ले वर्ष २०१९ का उत्कृष्ट २५ खेलाडीको सूची सार्वजनिक गरेको छ । अघिल्लो दिन उसले निकालेको सूचीअनुसार २०१९ मा इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक पहिलो नम्बरमा छन् ।

‘गोल’ले हरेक वर्ष उत्कृष्ट २५ खेलाडीको सूची सार्वजनिक गर्दै आएको छ । उसले खेलाडीको व्यक्तिगत प्रदर्शन, टिमको सफलतालगायत कुरालाई आधार मानेर यस्तो सूची बनाउने गर्छ ।

‘गोल’का आफ्ना पाठकहरूले अनलाइनमार्फत् उत्कृष्ट २५ खेलाडी छानेको सो संस्थाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । जसअनुसार डच डिफेन्डर भान डाइक पहिलो नम्बरमा छन् । उनलाई यसवर्ष बालोन डि‘ओर अवार्डका लागि पहिलो दाबेदार मानिएको छ ।

दोस्रो स्थानमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी छन् । तेस्रो नम्बरमा लिभरपुलका मोहमद सालाह छन् भने चौथोमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । यस्तो छ टप–२५ सूची :

  1. भर्जिल भान डाइक (लिभरपुल)
  2. लिओनल मेस्सी (बार्सिलोना)
  3. मोहमद सालाह (लिभरपुल)
  4. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
  5. साडियो माने (लिभरपुल)
  6. रहिम स्टर्लिङ (म्यानेचस्र सिटी)
  7. एलिसन बेकर (लिरभपुल)
  8. फ्रेन्की डे जोङ (बार्सिलोना)
  9. बर्नान्डो सिल्भा (म्यानचेस्टर सिटी)
  10. केलियन एमबाप्पे (पिएसजी)
  11. इडेन हाजार्ड (रियल मड्रिड)
  12. माथिस डि लिग्ट (युभेन्टस)
  13. सर्जियो अगुएरो (म्यानचेस्टर सिटी)
  14. सन हेङ–मिन (टोटनह्याम)
  15. ट्रेन्ट एलेक्सान्ड्र अर्नोल्ड (लिभरपुल)
  16. रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख)
  17. रोवर्ट फर्मिन्हो (लिभरपुल)
  18. जोर्डन सान्चो (बोरुसिया डर्टमुन्ड)
  19. एन्टोनी ग्रीजम्यान (बार्सिलोना)
  20. पियर एमरिक अउबामेयाङ (आर्सनल)
  21. ह्यारी केन (टोटनह्याम)
  22. दुसान ट्याडिक (आयाक्स)
  23. आन्डे रोवर्टसन (लिभरपुल)
  24. मार्को रेउस (बोरुसिया डर्टमुन्ड)
  25. लुइस स्वारेज (बार्सिलोना)

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १८:१४
Loading...