कार्टागेनामाथि बार्सिलोनाको सहज जित

काठमाडौं, कात्तिक २८
क्लब मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ । गत राति कार्टागेनाविरुद्ध भएको खेलमा बार्सिलोनाले ०–२ को जित निकाल्यो । कार्टगेना स्पेनको दोस्रो डिभिजनको लिग खेल्ने टोली हो ।

अन्तर्राष्ट्रिय ब्रेक भएकाले टोलीका केही प्रमुख खलाडीहरूबिनै खेलेको बार्सिलोनालाई अवे मैदानमा जिताउन कार्लेस पेरेज र एलेजान्ड्रो माक्र्विसले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा गोल हुन दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

पेरेजले खेलको ६४औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले रिकी पुइगको पासमा बक्स भित्रबाट निकै सहज र सुन्दर गोल गरेका थिए ।

त्यसपछि खेलको अन्तिम समय ८८औं मिनेटमा माक्र्विसले गोल गरेपछि खेल बार्सिलोनाले ०–२ ले जित्यो ।

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार ०६:५६
Loading...