आज बार्सिलोना र कार्टागेना भिड्दै : लाइभ कसरी हेर्ने ?

काठमाडौं, कात्तिक २७
स्पेनिस बार्सिलोना क्लबले आज क्लब मैत्रीपूर्ण खेल खेल्दैछ । अन्तर्राष्ट्रिय ब्रेक भएका बेला बार्सिलोनाले स्पेनको दोस्रो डिभिजनको लिग खेल्ने क्लब कार्टागेनासँग क्लब मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

कार्टागेना हाल सेगुन्डा डिभिजन ‘बी’ खेलिरहेको क्लब हो । सो क्लब कार्टागेना सहरमा रहेको क्लब हो । खेल नेपाली समयअनुसार आज राति ११ः४५ बजेबाट कार्टागोनोभा रंगशालामा सुरु हुनेछ ।

बार्सिलोनाको सिनियर टोलीका केही खेलाडीहरू अन्तर्राष्ट्रिय टोलीमा फर्किएकाले टोलीमा रहेका अथवा अन्तर्राष्ट्रिय टोलीमा नडाकिएका खेलाडीहरू यस खेलमा खेल्दैछन् । बार्सिलोनाले जारी गरेको प्रारम्भिक टोलीमा दोस्रो रोजाइका गोलकिपर नेटो, जेरार्ड पिके, उसामान डेम्बेले, सर्जी रोवेर्टो, जुनियर फिर्पो, कार्लेस पेरेज, कार्लेस अलिना, रिकी पुइगलगायत खेलाडी समेटिएका छन् ।

बार्सिलोनाले अफिसियल रूपमा दिएको जानकारीअनुसार आजको खेलको लाइभ बार्सिलोनाको अफिसियल वेबसाइटबाट हेर्न सकिनेछ । त्यसैगरी, बार्सिलोनाको अफिसियल मोबाइल एप र स्पेनभित्र ‘बार्सा टिभी’बाट पनि सो खेल लाइभ हेर्न सकिनेछ ।

प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार १२:२४
Loading...