ब्राजिलविरुद्ध भिड्ने अर्जेन्टिनाको प्लेइङ–११ मा को–को ?

एजेन्सी, कात्तिक २६
शुक्रबार राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया टोली अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । खेल साउदीस्थित किङ साउद युभिर्सिटी स्टेडियममा हुनेछ ।

यी दुई टिम गत जुलाईमा ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा भिडेका थिए । जहाँ घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई सेमिफाइनलमा २–० ले हराएर घर फर्काएको थियो । सो खेलपछि यी दुई चीर प्रतिस्पर्धी टिम पुनः भिड्न लागेका हुन् ।

अर्जेन्टिनाी मिडिया ‘टिवाईसी स्पोर्टस्’ले ब्राजिलविरुद्धको सो खेलका लागि प्रशिक्षक लिओनल स्कालोनीले प्लेइङ–११ तयार पारिसकेको दाबीसहित सम्भावित टोलीको सूची सार्वजनिक गरेको छ । जसमा यसपटक कप्तान लिओनल मेस्सी तीन महिनाको प्रतिबन्धपछि पहिलोपटक टोलीमा फर्किंदैछन् । यसपटक उनकै कप्तानीमा अर्जेन्टिनाले दुई खेल खेल्नेछ । अर्जेन्टिनाले ब्राजिलपछि उरुग्वेसँग दोस्रो खेल खेल्दैछ ।

‘टिवाईसी स्पोर्टस्’का अनुसार अर्जेन्टिनाको सम्भावित प्लेइङ–११ यस्तो हुनेछ :

गोलकिपर – इस्टेबान आन्ड्राडा

डिफेन्डर – जाउन फ्योत, निकोलास ओटामेन्डी, जर्मन पेजेल्ला अथवा वाल्टर कान्नेमान, निकोलास ट्याग्लियाफिको,

मिडफिल्डर – डे पाउल, लियान्ड्रो, पाराडेश, लो सेल्सो अथवा मार्कोस एकुना

फरवार्ड – मेस्सी, सर्जियो अगुएरो, लौटारो मार्टिनेज

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार १४:४६
Loading...