विश्वकपको सेमिफाइनलमा ब्राजिल र फ्रान्सको भिडन्त

काठमाडौं, कात्तिक २६
फिफा यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा आयोजक ब्राजिल र फ्रान्सको भिडन्त हुने भएको छ । गत राति फ्रान्स र ब्राजिलले आ–आफ्नो खेल जितेर सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।

क्वार्टरफाइनल खेलमा प्रतियोगिता आयोजक टोली ब्राजिलले पाहुना टोली इटालीलाई २–० ले हराएर सेमिममा स्थान पक्का गरेको हो । ब्राजिललाई जिताउन लान्जा र जोआओ ग्याब्रिएल मार्टिनस पेग्लोले गोल गरेका थिए ।

यता, अर्को सेमिफाइनल खेलमा फ्रान्सले स्पेनमाथि ६–१ को फराकिलो जित निकालेपछि उसले पनि ब्राजिलसँगको भेट पक्का गरेको हो । अब फाइनल पुग्न ब्राजिल र फ्रान्सले एकअर्कालाई पन्छाउनुपर्ने भएको छ ।

एक सेमिफाइनल खेलमा आयोजक ब्राजिल र फ्रान्सको रोमाञ्चक भिडन्त हुँदा अर्को खेलमा मेक्सिको र नेदरल्यान्ड्सको भिडन्त हुनेछ । नेदरल्यान्ड्सले पराग्वेलाई ४–१ र मेक्सिकोले साउथ कोरियालाई १–० ले हराएर सेमिफाइनलमा स्थान बनाएका थिए ।

अब सेमिफाइनल खेलहरू नोभेम्बर १५ मा हुनेछन् । त्यसपछि तेस्रो स्थानका लागि सेमिमा पराजित टिमले नोभेम्बर १७ मा खेल्दा अर्को दिन फाइनल खेल हुनेछ ।

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार ०९:०७
Loading...