स्पेनिस सुपर कप : सेमिफाइनल चरणको ड्र सार्वजनिक

काठमाडौं, कात्तिक २५
सिजन २०१९–२० मा हुने स्पेनिस सुपर कप फुटबलका लागि सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । आज स्पेनिस फुटबल फेडेरेसनले सुपर कपका लागि ड्र घोषणा गरेको हो । यसपटक सो प्रतियोगिता खाडी देश साउदी अरेबियामा आयोजना हुँदैछ । अबका तीन सिजन लगातार सो प्रतियोगिता साउदीमै हुने तय यसअघि नै भइसकेको छ ।

सिजन २०१९–२० बाट सुपर कपको ढाँचा परिवर्तन गरी चार टिमलाई खेलाइँदैछ । यसअघि दुई टिमले मात्रै खेल्दै आएका थिए । यसपटकदेखि चार टिमले खेल्ने ढाँचाअनुसार बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र भ्यालेन्सियाले परिवर्तित ढााँको पहिलो संस्करण खेल्दैछन् ।

सार्वजनिक ड्रअनुसार प्रतियोगिताको सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई प्रतिस्पर्धी पाएको छ भने रियल मड्रिड र भ्यालेन्सिया भिड्नेछन् ।

खेल तालिका यस्तो छ :

पहिलो सेमिफाइनल – रियल मड्रिड भर्सेस भ्यालेन्सिया – जनवरी ८ (२०२०)

दोस्रो सेमिफाइनल – बार्सिलोना भर्सेस एथ्लेटिको मड्रिड – जनवरी ९ (२०२०)

फाइनल खेल हुने मिति – जनवरी १२ (२०२०)

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार २२:१२
Loading...