‘फ्रि किक किङ’ मेस्सी : यस्तो छ अपत्यारिलो रेकर्ड

एजेन्सी, कात्तिक २५
स्पेनिस ला लिगा फुटबलमा दुई दिनअघि बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ ले हरायो । आफ्नो घरमा भएको खेलमा बार्सिलोनलााई जिताउन कप्तान लिओनल मेस्सीले दुई दर्शनीय फ्रि किक गोलसहित ह्याट्रिक हाने । अहिलेसम्म पनि मेस्सीको दुई फ्रि किक गोलको चर्चा भइरहेको छ ।

पछिल्ला वर्ष मेस्सीले जादुयी फ्रि किक गोल गरेर समर्थकहरूलाई आनन्द दिलाउँदै आइरहेका छन् । हरेक सिजन उनले ५ भन्दा बढी फ्रि किक गोल गर्दै आइरहेका छन् । यस सिजन मात्रै उनले ३ गोल फ्रि किकमार्फत् गरिसकेका छन् ।

एक तथ्यांकअनुसार मेस्सीले पछिल्ला १० सिजनमा गरेको कूल फ्रि किक गोल संख्या कूल ३३ छ, जुन युरोपका केही हेभिवेट क्लबको भन्दा बढी हो । सो अवधिमा मेस्सी एक्लैले युरोपका टप–५ लिगमा फ्रि किकबाट सोझै ३३ गोल गर्दा अन्य केही क्लबका सिंगै टिमले पनि उनको जति फ्रि किक गोल गर्न सकेका छैनन् ।

हेरौं तथ्यांक :

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १८:०३
Loading...