‘भाल्भर्डे क्लबका लागि आदर्श प्रशिक्षक हुन्’

एजेन्सी, कात्तिक २५
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे यतिबेला आलोचनाको घेरामा छन् । पछिल्लो समय बार्सिलोनाको प्रदर्शन लयमा रहन नसक्दा समर्थकहरूले उनको खुलेरै आलोचना गरिरहेका छन् । उनीहरूले यो माग गरेका छन् कि, क्लबले उनलाई तत्कालै पदमुक्त गरेर नयाँ प्रशिक्षक अनुबन्ध गर्नुपर्छ ।

तर, बार्सिलोना क्लब स्वयं भने भाल्भर्डेलाई तत्कालै पदमुक्त गर्ने बाटोमा देखिँदैन । भलै, सरुवा बजारमा क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको चर्चा चर्को रूपमा चलिरहेको छ ।

हालै बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोमेउले प्रशिक्षक भाल्भर्डेको तारिफ गर्दै उनी क्लबका लागि आदर्श प्रशिक्षक रहेको बताएका छन् । ‘भाल्भर्डे क्लबका लागि एक आदर्श प्रशिक्षक हुन् । जोसँग शानदार व्यक्तित्व छ । र, उनले शानदार काम गरिरहेका छन्,’ बार्टोमेउले भनेका छन् ।

बार्टोमेउले अहिले खेलाडी र क्लब भाल्भर्डेप्रति नै समर्पित रहेको पनि बताए । ‘केही बिग्रिएको छैन । खेलाडी र क्लब उनीप्रति समर्पित छ । हामी उनीसँग छौं,’ बोर्टोमेउले भने ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १४:४२
Loading...