मेस्सीको जादुयी प्रदर्शनबाट पत्नी एन्टोनेला मक्ख : यसरी गरिन् तारिफ

एजेन्सी, कात्तिक २५
स्पेनिस ला लिगा फुटबलमा दुई दिनअघि बार्सिलोनाले आफ्नो घरमा सेल्टा भिगोलाई ४–१ ले हरायो । क्याम्प नोउमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले दुई दर्शनीय फ्रि किक गोलसहित ह्याट्रिक गरे । बार्सिलोनालाई जिताउन शानदार खेलेका मेस्सीको सो ह्याट्रिकको तारिफ समर्थकहरूले खुलेर गरिरहेका छन् ।

सोहीक्रममा मेस्सीकी पत्नी एन्टोनेलाले पनि मेस्सीको जादुयी प्रदर्शनको तारिफ गरेकी छन् । उनले दोस्रोपटक मेस्सीको चमत्कारिक प्रदर्शन देखेको पनि उल्लेख गरेकी छन् । एन्टोनेला अक्सर मेस्सीको व्यक्तिगत प्रदर्शन र खेलबारे बोल्दिनन् ।

एन्टोनेला बार्सिलोनाको खेल हेर्न लुइस स्वारेजकी पत्नीलगायतसँगै क्याम्प नोउ पुगेकी थिइन् । उनले सामाजिक सन्जालमा आफ्ना पतिको जादुयी प्रदर्शनको तारिफ गर्दै लेखेकी छन्–

‘यो दोस्रोपटक हो, मैले यस्तो खेल देखें । र, यसले मलाई निरन्तर रूपमा आश्चार्यमा पार्दै आइरहेको छ !

उनीहरू साँच्चै चमत्कारिक छन् ।’

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १३:१५
Loading...